नियम ५१
नेपाल सरकारको आलोचना गर्न नहुने
(१) प्रहरी कर्मचारीले नेपाल सरकारको नीति प्रतिकूल हुने गरी वा नेपाल सरकार र कुनै विदेशी राष्ट्र बीचको सम्बन्धमा खलल पर्न
सक्ने गरी नेपाल सरकारको आलोचना गर्न, आनो वास्तविक वा काल्पनिक नामबाट त्यस्तो कुनै लेख, रचना प्रकाशन गर्न, सञ्चार माध्यमलाई खबर दिन, भाषण वा वक्तव्य प्रकाशन वा प्रशारण गर्न, गराउन हुदैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी लेख प्रकाशन वा प्रसारण गर्न बाधा पर्ने छैन ।